विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली टोली स्वदेश फर्किंयो
नेपालखोज
२०७८ जेठ ३० गते २२:२८

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको नेपाली टिम आज स्वदेश फर्किएको छ ।
कतार एयरवेजको उडानमार्फत फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।
कोरोना महामारीका कारण कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेलमध्ये एकमा जित निकाल्दा दुई खेलमा हार व्यहोरेको थियो । चाइनिज ताइपेईलाई २-० गोल अन्तरले पराजित गरेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० गोलको हार व्यहोरेको थियो ।
२३ खेलाडी र १२ अफिसियलसहित गएको नेपाली टोली कुवेतबाट हिजो (शनिबार) राति नै प्रस्थान गरेको थियो । त्यहाँबाट कतारको दोहा हुँदै नेपाली टोली आज बेलुकी काठमाडौं आइपुगेको हो । जेठ ११ गते ३५ जनाको नेपाली टोली इराक हुँदै कुवेत प्रस्थान गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया