शनिबार, जेठ ४, २०८२

जसपाका ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई अध्यक्ष यादव पक्षले स्पष्टीकरण सोध्याे

नेपालखोज २०७८ जेठ ३१ गते ११:५२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण सोधेको छ ।

पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।

जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने जानकारी हुँदा हुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया