उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
नेपालखोज
२०७८ जेठ ३१ गते १४:४८

ओखलढुङ्गा । उच्च रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको पछि सुरू भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका-६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो ।
डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले बताए ।
कोरोना कहरको डरले सुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया