आइतबार, वैशाख २८, २०८२

काठमाडौंमा अब मेलम्चीको पानी २ देखि १२ दिन बिराएर आउने

नेपालखोज २०७८ जेठ ३१ गते २०:१०

काठमाडौं । काठमाडौं उपत्यकाका धारामा अबको दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने भएको छ। प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले असार १ गते (भोलि) देखि करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ ।

मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार काठमाडौँका धारामा २ देखि १२ दिन बिराएर पानी आउने छ । अहिले काठमाडौं उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध नहुने भएकाले केयुकेएलले तालिका परिवर्तन गरेको हो ।

यो समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतहरुबाट उपलब्ध हुने खानेपानी ठाउँ हेरेर २ देखि १२ दिन बिराएर वितरण गरिने जनाएको छ । काठमाडौंको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने केयूकेएलले जनाएको छ ।

प्रतिक्रिया