युरो कपमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हरायो
नेपालखोज
२०७८ जेठ ३१ गते २१:३१

काठमाडौं । युरो कप फुटबलमा आज भएको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई दुई–शून्य गोलले हराएको हो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको चेक रिपब्लिकले दोस्रो हाफमा अर्को एक गोल थपेको हो । रिपब्लिकका लागि दुवै गोल पट्रिकले गरे । उनले खेलको ४२ औँ र ५२ औँ मिनेटमा गोल गरे ।
यो जितसँगै दुई खेलमा दुईमा नै जित हासिल गरेको रिपब्लिक ६ अङ्कसहित शीर्षस्थानमा छ । स्कटल्यान्ड भने दुई खेलमै हार बेहोर्दै तालिकाको अन्तिममा छ ।
आजै राति पौने दश बजे हुने खेलमा पोल्यान्ड र स्लोभाकिया खेल्दै छन् भने राति पौने एक बजे स्पेन र स्विडेन खेल्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया