शुक्रबार, वैशाख ७, २०८१

सुनकाे मूल्य स्थिर, चाँदीकाे भाउ घट्याे

नेपालखोज २०७८ असार १ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९३ हजार दुई सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया