फिफा वरीयतामा नेपाल तीन स्थानमाथि उक्लियो
नेपालखोज
२०७८ असार १ गते १९:५२

काठमाडौं । विश्व फुटबलको सर्बोच्च निकाय (फिफा) बरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७१ औं स्थानबाट एक सय ६८ औं स्थानमा उक्लिएको हो ।
अघिल्लो महिनाको बरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको नेपालले नयाँ बरियतामा तीन स्थान सुधार गर्दै १ सय ६८ औं स्थानमा पुगेको हो ।
सन् २०१९ पछि नेपाली टिमको बरियतामा सुधार आएको हो । सन् २०१८ मा १ सय ६१ औं स्थानमा रहेको नेपाल त्यसपछि एक सय ७० औं स्थानमा झरेको थियो । त्यसमा पनि पछिल्लो १ बर्षदेखि १ सय ७१ औं स्थानमा नै थियो ।
सम्बन्धित
प्रतिक्रिया