बिहीबार, जेठ २, २०८२

घाइतेहरुको उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले गर्न एमालेको आग्रह

नेपालखोज २०७८ असार २ गते १८:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बाढी पहिरोमा वेपत्ताहरुको खोजी गर्न, घाइतेहरुको तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडी बढाउन सरकारसंग आग्रह गरेको छ ।

एमालेले बुधबार एक विज्ञप्ति जारी गर्दै तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडी बढाउन, मृतकका परिवारहरुका लागि राह उपलब्ध राउन, वेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएकाहरुका परिवारका लागि अस्थायी बसोबासको प्रवन्ध गर्न सरकारसँगै आग्रह गरेको छ ।

साथै एमालेले सरकारले विपत् प्रतिकार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय गरेकाले पारित कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया