‘सरकारले प्राकृतिक विपत्तिको सामना गर्न पूर्वतयारी नै गरेन’
नेपालखोज
२०७८ असार ३ गते १५:४३

काठमाडौं । प्रतिपक्षी दलका शीर्ष नेताहरूले प्राकृतिक विपत्तिको सामना गर्ने कुरामा कुनै पूर्वतयारी नगरि सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
दलका नेताहरूले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानबाट नागरिकको सुरक्षा गर्न र विस्थापितका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् । साथै बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतका काम तत्काल प्रभावकारी रूपमा अगाडि बढाउन माग गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिको सामना गर्ने कुरामा कुनै पूर्वतयारी नभएका आरोप लगाएका छन् ।

सम्बन्धित
प्रतिक्रिया