सोमबार, वैशाख २९, २०८२

घट्यो सुनचाँदीकाे भाउ, कतिमा हुँदै छ कारोबार

नेपालखोज २०७८ असार ४ गते ११:०५

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेको । छापावाल सुन आज प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज ३५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया