महोत्तरीमा एक महिला १७ दिनदेखि बेपत्ता

महोत्तरी । महोत्तरीको लोहारपट्टि नगरपालिका-७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।
जिल्लाकै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन् ।
जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाए ।
प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताए । उनले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिए ।
रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया