‘वाग्मती प्रदेश मिडियालाई साथमै लिएर हिँड्न चाहन्छ’

काठमाडौं । वाग्मती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले वाग्मती प्रदेश सरकार संचार माध्यमलाई साथसाथै लिएर हिड्न चाहेको बताएका छन् ।
शनिबार राष्ट्रिय टेलिभिजन प्रसारक संघको आयोजनामा वाग्मती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्रीसँगको अन्र्तक्रियामा बोल्दै उनले वाग्मती प्रदेश सरकार मिडियाको साथमै हिडिरहेको र आगामी दिनमा पनि मिडियाको साथमै हिड्न चाहेको बताए ।
उनले देशको राजनीतिक परिवर्तनमा राजनीतिकर्मीहरुसँगै संचार क्षेत्रको भूमिका पनि उत्तिकै रहेको भन्दै पत्रकारहरुको सो भुमिकालाई अवमुल्यन नगर्ने बताए । मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरुलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि बताए । प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवा पुस्तालाई प्रोत्साहित गर्ने उनले बताए ।
प्रदेश सरकारले ठुलो सञ्चारग्रामको कल्पना गरेको र त्यसको स्थापनाको निम्ति जग्गा प्राप्ति गर्न अघिल्लो वर्ष देखिनै लागिएको उनले जानकारी दिए । पत्रकारहरुलाई भ्रमणको व्यवस्था गरिदिएर सो क्षेत्रको सम्बन्धमा पर्यटन प्रवद्र्धन गर्ने हिसाबले डकुमेन्ट्री बनाएर सो डकुमेन्ट्री किनिदिने व्यवस्था मिलाइने पनि उनको भनाई छ ।
त्यस्तै कोभिड–१९ महामारीसँग सम्बन्धित रहेर पत्रकारहरुलाई फेलोसिप प्रदान गरिने मन्त्री पाण्डेले बताए । पत्रकारहरुको हकमा संघिय सरकारले दिएको जति सुविधा प्रदेश सरकारले पनि दिनुपर्ने कुरामा आफु सहमत रहेको उनले बताए ।

प्रतिक्रिया