रेखा थापाको प्रश्न- राप्रपा रिटायर्डहरुको सरोकार समूह मात्र हो ?

काठमाडौं । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) रिटायर्डहरुको सरोकार समूह मात्र हो ? भन्दै प्रश्न गरेकी छन् । शनिबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन् ।

उनले लेखेकि छन् – कुन चाँही राप्रपा बैकल्पिक शक्ती बन्ने हो ? कुन चाँही राप्रपा मौलिकरुपमा सबैको पार्टी हो ? कुन चाँही राप्रपा उदाउदो राप्रपा हो ? कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाँही राप्रपा व्यबहारमा बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?
उनले राप्रपाको केन्द्रीय विशेष समितिको नामावलीसहितको पत्र सार्वजनिक गर्दै भनेकी छन्- त्यो राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउछ, बिरासतको रुपमा राजनीतिलाई कोठे बनाउछ, बहसमा उत्रिदैन्, सम्झौताबादी राजनीति गर्छ, अवैज्ञानिकरुपमा पार्टी संचालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन् र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रीय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ।


प्रतिक्रिया