संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री नेपाली
नेपालखोज
२०७८ असार ५ गते २१:१०

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताए ।
समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्रा.डा वासुदेव भण्डारी, जिल्ला अध्यक्ष प्रा.डा गिरिधारी शर्मालगायतले संविधानमाथि संकट आएका अवस्थामा प्रजातन्त्रवादी शक्ति एकजुट भएर यसको रक्षार्थ लाग्नुपर्ने औँल्याए ।
अधिवक्ता कपिलमणि दाहालबाट अवधारणापत्र प्रस्तुत गरिएको कार्यक्रममा संविधानविद् डा. विपीन अधिकारीले टिप्पणी गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया