मंगलबार, वैशाख ३०, २०८२

पोर्चुगलमाथि जर्मनीको जित, स्पेन-पोल्यान्ड तथा फ्रान्स-हंगेरीले बाँडे अंक

नेपालखोज २०७८ असार ६ गते ८:०७

काठमाडौं । युरो कप फुटबलमा गए राती भएका तीन खेल मध्ये एक खेलमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ ।

म्युनिखको एलिनाज स्टेडियममा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक–एक गोल गरे भने जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका हुन् । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक–एक गोल फर्काएका थिए ।

अरु दुई खेलमा स्पेन र पोल्याण्ड तथा फ्रान्स र हंगेरीले बराबरी खेलेका छन् । समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग तथा फ्रान्स र हंगेरीले १–१ गोलको बराबरी खेलेको हो ।

प्रतिक्रिया