कोरोनाले पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
नेपालखोज
२०७८ असार ६ गते ८:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार राज्यमन्त्री नेता तप्तबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमणपछि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत विष्टको आज (आइतबार) बिहान ५ बजे निधन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।
कोरोना संक्रमणबाट बिरामी उनको काठमाडौं ल्याएपछि अवस्था झन् जटिल बनेको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिका ११, कुइने मालुझुलका ६० वर्षीय विष्ट नेपाली कांग्रेस सुर्खेतका पूर्वजिल्लासभापतिसमेत हुन् ।
सुर्खेत क्षेत्र नं. ३ बाट निर्वाचित सांसद बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।
सम्बन्धित

प्रतिक्रिया