काठमाडौं उपत्यकामा खुकुलाे बनाउँदै निषेधाज्ञा थप्ने तयारी
नेपालखोज
२०७८ असार ६ गते ११:२१
काठमाडौं । काठमाडौं उपत्यकामा अझै खुकुलो पारी निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।
काठमाडौं उपत्यकामा संक्रमण घट्दै गएकाले अब यसअघि प्रतिबन्ध लगाइएका सबैजसो पसललाइ निश्चित समय वा फरक/फरक बार अनुसार सञ्चालन गर्न दिने तयारी भएको छ ।
यस्तै यातायातमा जोरबिजोर लगाउने, सरकारी कार्यालय सातामा दुई दिन बिदा दिनेजस्ता निर्णय हुन सक्ने प्रजिअ कालीप्रसाद पराजुलीले बताए ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटक/पटक थपेर असार ७ गतेसम्म पुर्याइएको छ ।
सम्बन्धित
प्रतिक्रिया