‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिकले दोस्रो डोज कहिले पाउने ?’

नेपालखोज २०७८ असार ६ गते १५:३२

काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेलचक्य्राइँ गरेको बआराेप लगाएका छन् ।

आज आफ्नौ निवासमा पत्रकारहरुसँग कुुराकानी गर्दै नेता सिंहले सरकार कमिसनको खेलमा लागेका कारण कोराना विरुद्धको भ्यासिन समयमा नै ल्याउन नसकेको आराेप लगाएका हुन् ।

उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् । कोरोना विरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनितिक रुपमा असफल भएको समेत उनले दाबी छ ।

‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिकहरु अहिले दोस्रो डोजको प्रतिक्षामा छन् ।’ उनले भने, ‘समयमा नै दोस्रो डोज खोप लगाउन नपाउदा ति जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’

साथै नेता सिहंले जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले हेलचेक्राई गर्न नहुने बताए । सरकार उत्तरदायी नहुँदा समयमा नै कोरोना नियन्त्रण हुन नसकेको उहाँको आरोप छ ।


फरक प्रसङ्गमा नेता सिंहले पार्टीका १४ महाधिबेशनको तयारी तिव्र रुपमा भईरहेकाले समयमा नै माहाधिबेशन सम्पन्न हुने बताएका छन् । साथै उनले १४ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निमार्ण गर्न र विधि प्रक्रिया अनुसार अगाडी बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

नेता सिहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपिल गरेका छन् ।

उनले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दुखमा आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई आग्रह समेत गरे ।

प्रतिक्रिया