साताको पहिलो कारोबार दिन नै नेप्से घट्यो, १२ अर्ब पनि कारोबार भएन

नेपालखोज २०७८ असार ६ गते १५:४०

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज ६३ दशमलव२८ अंकले घटेर २९ सय पाँच दशमलव १४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६१ अंकले घटेर पाँच सय २८ दशमलव ५१ अंकमा पुगेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको एक लाख २८ हजार दुई सय ८१ पटकको कारोबारमा दुई करोड ७३ लाख ४४ हजार पाँच सय ११ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार दुई सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सुुचक ३५ दशमलव ४२ अंकले घटेर १९ सय ३५ दशमलव ५४ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि दुई सय ७९ दशमलव २५ अंकले घटेर १४ हजार आठ सय ५५ दशमलव १८ अंकमा झरेको छ ।

जीवन बीमा समूहको सूचक पनि तीन सय १० दशमलव ९४ अंकले घटेर १७ हजार नौ सय ४५ दशमलव ४५ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, ट्रेडिङ, होटल एवं पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज कुमारी बैंकको संस्थापक सेयरको मूल्य आठ दशमलव ६२ प्रतिशतले बढेर एक सय २६ रुपैयाँमा कारोबार हुंदा युनियन नेपाल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव ८१ प्रतिशतले घटेर तीन सय ८६ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १८ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा ८० करोड २९ लाख १६ हजार आठ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया