दिल्लीमा भोलिदेखि लकडाउन थप खुकुलो, सबै पार्क र बार खुल्न पाइने

नेपालखोज २०७८ असार ६ गते १६:५३

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भोलिदेखि लकडाउन थप खुकुलो पारिने भएको छ । दिल्ली सरकारले आइतबार बार, सार्वजनिक पार्क, बगैंचा र गल्फ क्लबहरु सोमबारबाट खोल्ने घोषणा गरेको छ ।

दिल्लीमा सोमबारबाट रेष्टुरेन्टहरु, योगा गतिविधिका साथै बारहरुलाई ५० प्रतिशत सिटमा साँझ १० बजेसम्म खोल्न दिने घोषणासमेत भएको छ ।

यसअघि गत हप्ता सबै पसल, बजार र मलहरु खोल्न दिइएको थियो । दिल्लीमा ६ हप्तासम्म लकडाउनमा कडाई गरिएको थियो ।

प्रतिक्रिया