सोमबार, वैशाख २९, २०८२

४२ जिल्लामा पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित

नेपालखोज २०७८ असार ६ गते १७:२४

काठमाडौं । हाल देशभरका ४२ जिल्लामा पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । काठमाडौं, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, धनुषा, सुनसरी, काभ्रेपलाञ्चोक आदि जिल्लामा सक्रिय संक्रिमतको संख्या बढी भएको तथा त्यो संख्यामा निरन्तर कमी आइरहेको समेत मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयका अनुसार पछिल्लो दुई साता यता उदयपुर, पाँचथर, तेह्थुम, दोलखा, नुवाकोट, बागलुङ, मुस्ताङ आदि जिल्लामा भने संक्रमितको संख्या बढिरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहरमा ६० दशमलव ८ प्रतिशत पुरुष तथा ३९ दशमलव २ प्रतिशत महिला संक्रमित भएका छन् ।

२० वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिहरु बढी संक्रमित भएको समेत मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा काठमाडौंमा ४ सय ५० जना नयाँ संक्रमित थपिएका छन् भने ललितपुरमा ७३ तथा भक्तपुरमा २५ जनामा थपिएका छन् ।

प्रतिक्रिया