सोमबार, वैशाख २९, २०८२

विपक्षी गठबन्धनका नेताहरुबीच आगामी रणनीतिबारे छलफल

नेपालखोज २०७८ असार ६ गते २०:४२

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच आगामी रणनीतिबारे छलफल भएको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराईबीच भेट भएको नेपाल निकट स्रोतले जनाएको छ। गठबन्धनका नेताहरुले देउवा निवास बुढानिलकण्ठमा भेट गरेका हुन्।

प्रदेशमा गठबन्धनले पाएको सफलता तथा अबको रणनीतिका बारेमा छलफल भएको थियो। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गठबन्धनबाट अलग गराउन गरिरहेको पहलका बारेमा पनि छलफल भएको थियो।

यसअघि जेठ ३१ गते देउवा र प्रचण्डले नेपाललाई उनकै निवासमा भेटेका थिए। गठबन्धनका नेताहरुले पछिल्लो समय संवादलाई तिब्रता दिएका छन्। ओलीले नेपालसहितका नेतालाई सहभागी गराउने गरी स्थायी कमिटीको बैठक बोलाउने तयारी थालेपछि गठबन्धनका नेताहरुको भेट बाक्लिएको हो।

प्रतिक्रिया