सोमबार, वैशाख २९, २०८२

निकुञ्ज, आरक्षभित्र ठूला जलविद्युत् आयोजना निर्माण नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

नेपालखोज २०७८ असार ६ गते २१:१८

काठमाडौं । सर्वोच्च अदालतले निकुञ्ज र आरक्ष क्षेत्रभित्र विद्युत उत्पादनको अनुमति दिन सकिने गरी मन्त्रिपरिषद्‍बाट भएको निर्णय कार्यान्वन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालासले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति, २०६५ को दफा ५ संशोधन गर्ने र दफा १५ थप गर्ने मन्त्रिपरिषद्को जेठ १३ को निर्णय कार्यान्वयन नगर्न, नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया