देशका अधिकांश स्थानमा रातिसम्मै वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर मौसम बदली रही देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा साथै प्रदेश १ का एक-दुइ स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भीषण वर्षाका कारण पहाडी भू–भागमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको सतह बढ्न भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
राति पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै‚ प्रदेश २ का एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले सोमबार बिहान देशभरको मौसम बदली रहेको छ । यस्तै‚ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया