बैंक तथा फाइनान्स कम्पनीका लागि राष्ट्र बैंकको लगानी अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि ८४ करोड, विकास बैंकहरुको लागि १५ करोड ७५ लाख र फाइनान्स कम्पनीहरुको लागि पाँच करोड २५ लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक बैंक तथा फाइनान्स कम्पनीहरुले यही असार नौ गते अपरान्ह पाँच बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।


प्रतिक्रिया