परीक्षण घट्दा कोरोना संक्रमित पनि घटे, चौबीस घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो समय सरकारले परीक्षणको दायरालाई घटाउँदै १० हजारमा सीमित बनाएको छ । परीक्षण घट्दै गएपछि हाल दैनिक रुपमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि घट्दै भएको छ । पछिल्लो चौबीस घण्टामा देशभरबाट जम्मा १० हजार ९०४ मात्रै परीक्षण गरिएको छ ।
जसमा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जना गरि कुल २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ३ हजार १३० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ । हाल देशभर ५३ हजार ९४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै, चौबीस घण्टामा ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या नेपालमा ८ हजार ७७२ पुगेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत छ ।
प्रतिक्रिया