मंगलबार, वैशाख ३०, २०८२

१४ जनप्रतिनिधिलाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगमा माओवादीकाे पत्र

नेपालखोज २०७८ असार ७ गते १८:१४

काठमाडाैं । एमाले रोजेका पालिकाका जनप्रतिनिधिको पद रिक्त गराउन माओवादी केन्द्रले नेकपा विभाजनपछि निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

एमाले राेजेका माओवादी पृष्ठभूमिका पालिकाका १४ जनप्रतिनिधिलाई पदमुक्त गराउन माओवादी केन्द्रले विवरणसहित पत्र आयोगमा बुझाएको हो ।

साेमवार बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारबाहीको पत्र बुझाएको छ ।

प्रतिक्रिया