राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त
नेपालखोज
२०७८ असार ७ गते २२:११

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका पत्रकार राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ । ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले राससको महाप्रबन्धकमा पत्रकार राईसहित तीन जनाको नाम प्रस्ताव गरेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया