‘सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्ने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र गर्‍यो’

नेपालखोज २०७८ असार ८ गते २०:३२

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्ने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । दलका नेताहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्ने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र गरिरहेको बताएका हुन् ।

त्यस्तै, संविधान, लोकतन्त्र र कानुनी शासन जोगाउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राजनीतिक दल, नेता, कार्यकर्ता तथा जनसमुदायलाई आह्वान गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब दिने तथा सङ्कीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटोमा लागेको उनीहरूको आरोप छ ।

त्यस्तै, सरकारको कदमबाट नेपाली नागरिकको कष्टपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हो कि भन्ने खतरा उत्पन्न भएको छ र देश गम्भीर सङ्कटतर्फ धकेलिएको बताएका छन् ।

प्रतिक्रिया