प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि निरन्तर हुने
नेपालखोज
२०७८ असार ९ गते ८:२४

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको सुनुवाइ आजदेखि निरन्तर हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजदेखि नियमित सुनुवाइ हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
यहि इजलासले यसअघि गत जेठ २६ गते मागेको विपक्षीका नाममा कारण देखाउ आदेश र एमिकसक्युरी बुझाएसँगै सुनुवाइ नियमित गर्न लागिएको हो ।
आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन् ।
यस्तै अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी मागेको एमिकस क्युरी पनि दुवै पक्षले पठाइसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया