शनिबार, जेठ ५, २०८१

एनएमबी अझै बलियो, अझै विश्वासिलो

१६ अर्ब चुक्ता पुँजी, एक खर्ब ५५ अर्ब निक्षेप, तीनपटक बैंक अफ दी इयरको उपाधि

नेपालखोज २०७८ असार ९ गते १४:५५

काठमाडौं । एनएमबी बैंकले नेपाली बैंकिङ क्षेत्रमा विश्वासिलो पहिचानसहित अघि बढेको छ । यो निकै सबल, सक्षम र ग्राहकको विश्वास धेरै रहेको बैकका रुपमा आफूलाई स्थापित गरेको छ ।

चुस्त र सक्षम सञ्चालक एवं व्यवस्थापन समिति र बैंकको सिंगो कर्मचारी परिवारकै कारण बैंकले सफलता हासिल गरेको हो । एनएमबीले नेपाली बैंकिङ क्षेत्रमा निकै सम्मानका रुपमा हेरिने अन्तर्राष्ट्रिय अवार्ड ‘बैंक अफ दी इयर’ तीनपटक पाइसकेको छ । बैंकले यो अवार्ड सन् २०१७, २०१८ र २०२० प्राप्त गरेको हो ।

बेलायतको निकै नै प्रख्यात पत्रिका फाइनान्सियल टाइम्सले नेपालका तर्फबाट एनएमबीलाई यो अवार्ड दिएको हो । बैंकले आमनेपाली ग्राहकको आर्थिक विकास एवं समृद्धिको लागि गरेको योगदान, वित्तीय पारदर्शिता, उत्कृष्ट वित्तीय परिसूचकलगायतलाई आधार मानेर यो अवार्ड दिएको हो । यो अवार्ड पाउनुलाई बैंकिङ क्षेत्रमा निकै सम्मान र गौरवका साथ हेरिन्छ । नेदरल्यान्डको एफएमओसमेतको १३ दशमलव ६९ प्रतिशत सेयर स्वामित्व रहेको एनएमबी बैंक अहिले नेपालमा रहेका २७ वाणिज्य बैंकहरूमध्येमा ठूलो बैंकका रुपमा दर्ज भएको छ ।

बैंकले हाल नेपालको सात प्रदेशको ७७ वटै जिल्लामा १८० शाखामार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ । बैंकको देशभर १३७ एटीएम काउन्टर सञ्चालनमा छन् ।

देशव्यापी रुपमा वित्तीय पहुँच पुर्‍याएको बैंकले सुगमदेखि विकट एवं दूरदराजसम्म वित्तीय सेवा पुर्‍याउँदै आएको छ । एनएमबी बैंकले हाल चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ पुर्‍याइसकेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासमासम्म कायम गरेको यो चुक्ता पुँजी अन्य वाणिज्य बैंकहरूको तुलनामा निकै नै बढी हो ।

यस अवधिमा बैंकले एक खर्ब ५५ अर्ब ३५ करोड ९२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब २७ करोड २४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेकामा दुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकमा निष्क्रिय कर्जाको अनुपात जम्मा एक दशमलव ९७ प्रतिशत मात्र छ । कोभिड १९ को विश्व महामारी र यसबाट उत्पन्न असहज परिस्थितिबीच पनि बैंकले यो हदसम्म खुद मुनाफा आर्जन गर्नु सामान्य होइन । बैंकको चुस्त, दुरुस्त व्यवस्थापनकै कारण यो सम्भव भएको हो ।

कोभिड-१९ को महामारीकै अवधि अर्थात चालु आवको पहिलो र दोस्रो त्रैमासमा पनि बैंकले निकै नै लोभलाग्दो खुद मुनाफा आर्जन गरेको छ । चालु आवको पहिलो त्रैमासमा एक खर्ब ४० अर्ब १६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको एनएमबीले उक्त अवधिमा ७३ करोड २९ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकमा दुई दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । चालु आवको दोस्रो त्रैमासमा पनि बैंकको निक्षेप तथा कर्जामा अझै सुधार आएको थियो । यस अवधिमा बैंकले एक खर्ब ४२ अर्ब ५६ करोड ६६ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब २९ करोड २० लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने दुई दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

चालु आवको तेस्रो त्रैमासमा भने बैंकले निक्षेप, कर्जा र खुद मुनाफा उल्लेख्य मात्रामा बढाएको छ भने निष्क्रिय कर्जा घटाएको छ । बैंकको सञ्चालक समितिका प्रमुख अर्थात् अध्यक्ष पवनकुमार गोल्यान एवं बैंकको व्यवस्थापन प्रमुखका रुपमा रहेका प्रमुख कार्यकारी अधिकृत सुनील केसी एवं सिंगो बैंक परिवारको अथक प्रयासका बावजुद बैंकले यो वित्तीय सफलता हासिल गरेको हो ।

बैंकको यो वित्तीय अवस्थालाई आधार मान्दा बैंकले आफ्ना सेयरधनीहरूलाई चालु आर्थिक वर्षको खुद मुनाफाबाट निकै नै राम्रो प्रतिफल बाँड्न सकिने देखिएको छ ।

प्रतिक्रिया