सोमबार, वैशाख २४, २०८१

‘आईएमई पे’ मार्फत रेमिट्यान्स पठाउँदा उपहार

नेपालखोज २०८० साउन ५ गते ११:४०

काठमाडौं । आईएमई पेमार्फत रेमिट्यान्स पठाउँदा उपहार पाइने भएको छ । कम्पनीले ‘रेमिट्यान्समा उपहारको बहार’ नामक नयाँ अफरमार्फत उपहार योजना सार्वजनिक गरेको हो ।

रेमिट्यान्सप्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यो अफर यही साउन एक गतेदेखि साउन ३२ गतेसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउने कम्पनीले जनाएको छ ।

साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिने बताइएको छ । यस अफरअन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरूको पुरस्कार वितरणको तस्वीर तथा भिडियो आईएमई पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया