मंगलबार, वैशाख ३०, २०८२

भ्रष्टाचार गरेको आरोपमा आयोगका तीन पदाधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

नेपालखोज २०७८ असार ९ गते १५:४४

काठमाडौं । आन्तरिक राजस्व विभागले भ्रष्टाचार गरेको आरोपमा कर फछर्यौट आयोगका तीन पदाधिकारीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

कर फछर्यौट आयोगका २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक) ले करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

उनिहरुले आपसी समझदारीमा करदाताहरुलाई करमा छुट दिने सम्झौता गरी बदनियपूर्वक १ अर्व ३३ लाख २० हजार ३२५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को (क) बमोजिम १ अर्व ३३ लाख २० हजार ३२५ रुपैयाँ विगो दाबी गर्दै आरोप पत्र दायर गरिएको हो । साथै उनिहरुविरुद्ध दफा ३ को उपदफा (१) बमोजिम कैद गरी जरिवाना गर्न माग गरिएको छ ।

प्रतिक्रिया