जयवीर देउवाको राजनीतिमा सक्रिय हुने चर्चा !, को हुन् उनी ?

काठमाडौं । नेपाली कांंग्रेसका सभापति तथा पूर्ब प्रधानमन्त्री शेर बहादुर देउबाका पारिवारिक तस्बिरहरु बिरलै रुपमा देख्न पाइँन्छ । देउवा परिवारको फोटो कमै सार्वजनिक हुने गर्दछ ।
यद्यपि बुधबार देउवा पत्नि तथा सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले आफ्नो फेसबुकमा एउटा पारिवारिक तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरमा सभापति देउवा दम्पतीसंगै उनका छोरा जयवीरसिंह देउवा छन् ।
उक्त तस्बिरलाई सामाजिक संजाल फेसबुकमा निकै रुचाइएको छ । तस्बिर सार्वजनिक भएको चार घण्टा नबित्दै हजार भन्दा बढि लाईक, कमेन्ट र सेयर भइसकेको छ । डा. आरजुले तस्बिर सार्वजनिक गर्दै लेखेकि छन् – Family is a life jacket in the stormy sea of life.
नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा डा.आरजुले सार्वजनिक गरेको उक्त तस्बिरलाई लिएर देउवा दम्पतीले छोरा जयवीरलाई राजनीतिमा सक्रिय बनाउँन खोजेको त होइन भन्ने आंकलन गर्न थालिएको छ । जयवीर अहिले बेलायतको यूनिभर्सिटी अफ योर्कबाट राजनीतिशास्त्रमा अध्ययनरत छन् ।

प्रतिक्रिया