आन्तरिक हवाई उडान आगामी असार १७ गतेदेखि सञ्चालन हुने
नेपालखोज
२०७८ असार ९ गते १८:२४

काठमाडाैं । आन्तरिक हवाई उडान आगामी असार १७ गतेदेखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आगामी १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको जनाएकाे छ ।
मङ्गलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले जनस्वास्थ्यका मापदन्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया