प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

नेपालखोज २०७८ असार ९ गते १९:४२

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चले भोलिका लागि हेर्दाहेर्दैमा राखेको छ । विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथिको आजको बहसमा पाँच जना कानुन व्यवसायीले बहस गरेका छन् ।

आजको सुनुवाइमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए । उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर गरेका छन् ।

संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि एमालेका २६, जसपाका १२, माओवादी र कांग्रेसका सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया