फेरि बढ्यो इन्धनको मूल्य, अब प्रति लिटर पेट्रोललाई १२७ रुपैयाँ पर्ने
नेपालखोज
२०७८ असार ९ गते २०:४५

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरि निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पेट्रोल, जिडेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि भएको हो । अब पेट्रोल प्रति लिटर १२७ रुपैयाँ, डिजेल प्रति लिटर ११० रुपैयाँ, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रती लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया