मंगलबार, वैशाख ३०, २०८२

अन्तर्राष्ट्रिय उडान आजदेखि खुल्ने

नेपालखोज २०७८ असार १० गते ७:००

काठमाडौं । सरकारले आजदेखि अन्तर्राष्ट्रिय उडान खुल्ला गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार आज (बिहीबार) नेपाल एयरलाइन्सले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्नेछ । त्यस्तै, २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जाने तालिका छ भने एयर इन्डियाको जहाज दिल्लीबाट काठमाडौं अउनेछ ।

त्यस्तै, क्रमशः २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने र एयर अरेबियाको जहाज आबुधाबीबाट काठमाडौं आउने गरी उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा, हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एकरएक उडान गर्नेछन् । कतार एयरवेज दोहाबाट काठमाडौं आउने, जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने, २८ जुनमा कतार एयरवेजले दोहाबाट उडान गर्नेछ भने नेपाल एयरलाइन्स यूएईको दुबई जाने, हिमालय एयरलाइन्सले साउदीको दमाममाका लागि उडान भर्ने तालिका तय भएको छ ।

त्यस्तै, २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने र टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने, फ्लाई दुबई दुबईबाट र ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने, ३० जुनमा कतार एयरवेजले दोहा, जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरी तालिका तय भएको छ भने नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम उडान भर्नेछ ।

प्रतिक्रिया