राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
नेपालखोज
२०७८ असार १० गते १७:४३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
बिहीबार प्रवक्त रुप नारायण भट्टराईले विज्ञप्ति जारी गर्दै राष्ट्रिपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेको जानकारी गराएका छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रियभाको अधिवेशन आह्वान भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया