‘गल्तीलाई स्वीकार गरेर आउनुहुन्छ भने ओलीजीलाई स्वागत’

नेपालखोज २०७८ असार १० गते १८:२१
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरु देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताएका छन् । बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा बोल्दै नेता नेपालले आफुहरुको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि बताए ।

आफ्नो गल्ती र कमीकमजोरीलाई सच्याएर आए केपी शर्मा ओलीलाई पनि स्वागत गर्न तयार रहेको उनले बताएका छन । उनले भने– ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडी बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधिनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ । मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरी कोर्ष करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’

प्रतिक्रिया