सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ असार ११ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ, भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया