राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधिको संशोधन

नेपालखोज २०७८ असार ११ गते १७:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा कार्यविधि २०७७ को दोस्रो संसोधन प्रस्तुत गरेको छ । राष्ट्र बैंकले आज शुुक्रबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दे संसोधित व्यवस्था अनुसार कार्य गर्न निर्देशन दिएको हो ।

संसोधित व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँ हुनेछ ।

यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ ।

तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोडसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन, परिपत्रमा भनिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

राष्ट्र बैंकबाट आह्वान गरी इजाजत पत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

तर, बुँदा नं. १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुनरकर्जाको माग, आवश्यकता र औचित्यताको आधारमा हेरफेर गर्न सक्नेछन, परिपत्रमा भनिएको छ ।

परिपत्र अनुसार पुर्नकर्जालाई तीन भागमा बर्गिकरण गरिएको छ । जसमध्ये लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिनेछ ।

विशेष पुनरकर्जा अन्र्तगत बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ ।

यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम तथा व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्नतथा दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरु मा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिनेछ ।

परिपत्र अनुसार साधारण पुर्नकर्जा अन्तर्गत बुँदा नं. १ र २ को वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा मानिनेछ ।

पुनरकर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाले बैंकलाई तिर्नुपर्ने ब्याजदर र सम्बन्धित ग्राहक, ऋणीहरूबाट लिने ब्याजदर बैंकले समय समयमा तोके बमोजिम हुनेछ ।

परिपत्र अनुसार लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा अन्र्तगत नेपाल राष्ट्र बैंकले लिने व्याजलर दुुई प्रतिशत र ईजापत्रप्राप्त संस्थाले ग्राहकबाट लिने व्याजदर पाँच प्रतिसत तोकिएको छ ।

यसैगरी विशेष पुर्नकर्जा अन्र्तगत नेपाल राष्ट्र बैंकले लिने व्याजदर एक प्रतिसत र इजाजतपत्र प्राप्त संस्थाले ग्राहकबाट लिने व्याजदर तीन प्रतिसत तोकिएको छ ।

यसैगरी साधारण पुर्नकर्जा अन्र्तगत नेपाल राष्ट्र बैंकले लिने व्याजदर तीन प्रतिसत र इजाजतपत्र प्राप्त संस्थाले सम्वन्धीत संस्थासंग लिने व्याजदर पाँच प्रतिसत तोकिएको छ ।

प्रतिक्रिया