मंगलबार, वैशाख १८, २०८१

थपिए ४२ संक्रमित, ८६ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत १५ गते १७:०८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ४ हजार ३२२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १२ गरि कुल ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८६ कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६५ हजार २२८ पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शून्य छ । त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ५० हजार १५१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया