झापाको चन्द्रगढीमा अत्याधिक वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह
नेपालखोज
२०७८ असार १२ गते ८:३६

झापा । झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । झापास्थित चन्द्रगढी विमानस्थल वर्षामापन केन्द्रका अनुसार भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान छ । हाल वर्षा सतर्कता तहसम्म पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाले झापाका डुबान भइरहने र होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा छ ।
अहिले प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया