शनिबार, जेठ ५, २०८१

उद्योगी व्यवसायीको एउटै स्वर : काेराेनाविरुद्धकाे खाेप तत्काल नलगाए अर्थतन्त्र संकटमा पर्छ

नेपालखोज २०७८ असार १२ गते ९:०५

काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारले तत्काल कोभिड-१९ विरुद्धको खोप नलगाए मुलुकको अर्थतन्त्र संकटमा पर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा ब्यापार बिभागको आयोजनामा ‘कोभिड–१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव’ बिषयक भर्चुअल अन्तरकृया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुकको अर्थतन्त्र संकटमा धकलिएको बताएका हुन् ।

कार्यक्रममा उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रत नभएको आरोप लगाएका छन् । विभिन्न ठाऊमा पत्र पठाएकोमा सरकार रमाइरहेको तर भ्याक्सिन भने आउन नसकेको उनले बताए । बजेट समेत ‘छुट्याइएको छ, तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूणर् छ’ चौधरीले भनेका छ् । ‘भारतले नोभेम्बरभित्र सम्पूणर् नागरिकलाई सवै भ्याक्सिन लगाउने घोषणा गरिसकेको तर हामी कहिले हो टुंगो छैन,’ चौधरीले भने ।

नेपाल उद्योग बाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप दिन नसके मुलुकको अर्थतन्त्रमा असहज अवस्था आउने बताए । ‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुदैन,’ गोल्छाले भने ।

नेपाल उद्योग परिसंघ वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ ले नेपालको अर्थतन्त्रलाई धरासायी बनाएको बताए । नेपाललले खोप अझै लगाउन नसक्ने अवस्थामा अझै एकवर्ष समस्या आउने देखिएको बताए । ‘राजश्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एक मात्र विकल्प भ्याक्सिन हो,’ अग्रवालले भने ।

प्रतिक्रिया