कर्णालीमा एमालेका तीन सांसद पुनः निलम्बित
नेपालखोज
२०७८ असार १२ गते १०:२५

सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालले नेकपा एमालेका तीन जना सांसदलाई पुनः निलम्बित गरेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका कर्णालीका तीन प्रदेश सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो ।
प्रदेश सभा सचिवालयले शनिबार एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दलकर्णाली प्रदेशको बैठकको निर्णयले गरे अनुसार उनिहरुलाई निललम्वन गरिएको जनाएको छ ।
गत बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए । तर, जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

सम्बन्धित
प्रतिक्रिया