प्रचण्डकाे प्रश्न- ओलीले राष्ट्रपतिका बारेमा अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजा नै ठीक हुन् नभनेकाे स्पष्ट पारेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिभन्दा राजा नै ठीक भएको नभनेको दाबी गरेका हुन् ।
राष्ट्रपतिको कार्यशैली राजाको भन्दा धेरै भएको भनेकाे हाे राजा नै ठीक हाे भनेकाे हाेइन उनले बताएका छन् । उनले भनेका छन् , ‘राजा राम्रो भनेको होइन । व्यङ्ग्य गरेको हो । शाही शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन, ओली काे हुन् ? राष्ट्रपतिका बारेमा अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ? राजाभन्दा बढी हुन खोजेकाे हाे भनेर साेधेकाे भनेर साेधेकाे हाे ।’
अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘संसद पुनर्स्थापना हुनैपर्छ, प्रधानमन्त्री शेरबहादुरजी हुनैपर्छ । ओलीले अहिले अदालतलाई थर्काउन थालेका छन् । सर्वोच्चले संविधानअनुसार फैसला गर्छ । हेर्नुहोला शहेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

प्रतिक्रिया