मंगलबार, वैशाख ३०, २०८२

सुनचाँदीकाे भाउ बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ असार १३ गते ११:४९

काठमाडौं । नेपाली बजारमा आज (आइबार) सुनचाँदीकै भाउ बढेको छ । आज सुन दुई सय रुपैयाँले बढेको हो । छापावाल सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार दुई सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया