ओलीले भने- माधव नेपाल प्रचण्डका पुच्छर हुन्
'नेपालले देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएका छन्, प्रधानमन्त्रीकाे अफर गरेकाे भन्नु झुटकाे खेती'
नेपालखोज
२०७८ असार १४ गते १४:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको बताएका छन् ।
आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनले आरोप लगाएका छन् । बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको पुच्छार भएको समेत टिप्पणी गर्दै आफूले प्रधानमन्त्रीको प्रस्ताव राखेको भनेर झुटको खेती गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको बताए ।
सम्बन्धित
प्रतिक्रिया