सामाजिक सुरक्षा कोषले ८ प्रतिशत प्रतिफल वितरण गर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषले ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । कोषले ०७६/७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आ. व. ०७६/७७ को वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल तीन करोड असी लाख पन्ध्र हजार ६ सय अन्ठानब्बे रुपैयाँ वितरणयोग्य रकमबाट प्रतिफल वितरण गर्न लागेको हो ।
कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्ने आज आयोजित पत्रकार सम्मेलनमार्फत जनाएको छ । कोषका अनुसार हालसम्म कोषमा जम्मा १४,५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता, ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ । कोषले सञ्चालन गर्ने औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २,०४७ योगदानकर्तालाई रु ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र बुद्भावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी भएको पनि जनाएको छ ।
सरकारले बजेट वक्तव्यमार्फत योगदानकर्ताको २०७८ जेठ र असार महिनाको योगदान जम्मा गरिदिने निर्णय गरेको हुँदा सरकारको उच्च प्राथमिकतामा कोष सधैं रहेको पनि दाबी गरेको छ ।

प्रतिक्रिया